Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गोरखामा अध्यक्ष र उपाध्यक्षको उम्मेदार सहित ४८ जना कारबाहीमा

loading views..
Nepal Telcome

गोरखा। गोरखाका ११ पालिकामा गएको स्थानीय तहको निर्वाचनमा पालिकाहरुबाट अध्यक्षको उमेदवार बनेका २६ जनालाई निर्वाचन आयोगले समयमा खर्च बितरण नबुझाएको भन्दै जरिवाना सुनाएको छ । गोरखा नगरपालिकामा मेयरका उमेद्वार रहनु भएका राप्रपाका रुद्रराज पाण्डे, एकिकृत समाजबादी पार्टीकी सानुमाया बस्नेत, स्वतन्त्र उमेद्वार योगेन्द्र कुमाललाई समयमा खर्च बिबरण नबुझाएपछि जरिवानामा परेका छन् ।

त्यस्तै पालुङटार नगरपालिकाबाट मेयरका उमेद्वार रहेको जनता समाजबादी पार्टीका प्रेमबहादुर गुरुङ, एमालेका हरी भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर थापा, स्वतन्त्र उमेद्वार बलराम तामाङ, रामचन्द्र काफ्ले र एकिकृत समाजबादी पार्टीका शिवराज पौडेल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका बेदबहादुर लामा कारवाहीमा परेका हुन् ।

त्यस्तै गोरखा नगरपालिकामा उप्रमुखको उमेद्वार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्झना लामिछाने, एकिकृत समाजबादीका यादब बस्नेत, पालुङटार नगरपालिकाबाट उपप्रमुखको उमेद्वार रहेका स्वतन्त्र उमेद्वार राजन देवकोटा कारवाहीमा परेका हुन् । कारवाहीमा परेका नगरप्रमुख र उप्रमुखका उमेद्वारहरुलाई आयोगले ४ लाख ४० हजार रुपैया जरिवाना तोकेको हो ।

यता जिल्लाको ९ गाउँपालिकामा निर्वाचन खर्च बिबरण नबुझाएका १६ जना गाउँपालिका अध्यक्षका उमेद्वारलाई पनि आयोगले जरिवाना गरेको छ । निर्वाचन खर्च नबुझाउनेहरुमा आरुघाट गाउँपालिका निर्वाचित पालिका अध्यक्ष राजु गूरुङ, गण्डकी गाउँपालिकाका निबर्तमान पालिका अध्यक्ष होमबहादुर राना सहित ३ जना, चुमनुव्री गाउँपालिका निर्बतमान अध्यक्ष धनबहादुर गुरुङ रहेका छन् ।

त्यस्तै भीमसेन थापा गाउँपालिकाका काग्रेसबाट अध्यक्षका उमेद्वार रोसन गुरुङ सहित ४ जना, बारपाक सुलिकोट गाउँपालिकामा काग्रेसका उमेद्वार जीतबहादुर घले सहित २ जना, अजिरकोट गाउँपालिकाका ३ जना र सिरानचोक गाउँपालिकाका २ जना अध्यक्षका उमेद्वार कारवाहीमा परेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै तोकिएको समयमा निर्वाचन खर्च नबुझाउने ९ पालिकाका २२ जना उपाध्यक्षका उमेद्वारहरुलाई पनि आयोगले जरिवाना गरेको छ । निर्वाचन खर्च नबुझाउने पालिका उपाध्यक्षहरुमा आरुघाट गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपाली, जसपाकी कुलमाया बराम, गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता गुरुङ सहित ३ जना, भीमसेन थापा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट) सहित ४ जना रहेको छन् ।

त्यस्तै चुमनुब्री गाउँपालिकामा १ जना, धार्चे गाउँपालिकाका १ जना, अजिरकोट गाउँपालिकाका १ जना, सिरानचोक गाउँपालिकाका ६ जना र बारपाक सुलिकोट गाउँपालिकामा उपाध्यक्षको उमेद्वार रहेका ५ जनालाई पनि आयोगले कारवाही गरेको जनाएको छ । आयोगले खर्च बिबरण नबुझाउने गाउँपालिका प्रमुख र उप्रमुखलाई जनही ३ लाख ५० हजार रुपैया जरिवाना गरेको हो । आयोगले समयमा निर्वाचन खर्च बिबरण नबुझाउने उमेद्वारहरुलाई स्पटीकरण सोधेको भएपनि चित्तबझ्दो जवाफ नआएकाले जरिवाना तोकेको जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link