Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

बिदेशमा उत्पादित बस्तु बेचर मुलुक बन्दैन : अर्थ मन्त्री जनार्दन शर्मा

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकारले बाहिर उत्पादन भएर ल्याइएका बस्तु बेचेर मुलुक नबन्ने बताएका छन् ।बुधबार गोरखाको पालुङटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सबै नागरिकलाई आत्मनिर्भर बनाउँदै आफ्नो उत्पादन अरुकोमा पुऱ्याउने र हाम्रो उत्पादन आफै उपभोग गर्ने खालको व्यवसाय आबश्याक छ भन्दै हाम्रो अर्थतन्त्रलाई सुदृढ गर्नका लागि व्यवसायीलाई सोच्न आग्रह गरेका छन् ।

आफ्नो पालिकामा पैसा आर्जनका लागि पालुङटारमा आईटीको ठुलो कलेज खोल्नुहोस्।दसौं हजारलाई यहाँ पढाउन सकिन्छ । होटेल र कलेज बनाउने जग्गा पनि छ  यसमा लगानी गरौं यहि बसेर अरु देशमा काम गरेर बिदेशमा पाउने ज्याला यहि पाउन बाताबण बनाउन सकिन्छ । यसो गरियो भनेआ र्थिक रुपमा मजबुत हुन सकिन्छ । उनले पालुङटारले यति बेला बिकास निर्माण र न्याय खोजेको समेत बताए । त्यसको लागि ऐतिहासिक लिगलिगकोट र आधुनिक पालुङटारलाई जोडेर राजनिति सहित पर्यटन बिकासलाई अगाडि बढाउँदै पालुङटारलाई सुचना प्राबिधिमा अघि बढाई स्माट सिटी बनाउनु पर्ने कुरामा उनले बिशेष जोड दिए।त्यसको लागि नेपाल सरकार र अर्थ मन्त्रालय सधा तत्पर रहेको उनले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link