Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु, मेयर दाहालद्धारा उद्घाटन

loading views..
Nepal Telcome

भरतपुर।भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भतरपुर–२५ को अमृतचोकमा लाईटको स्वीच थिचेर उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा निर्माण भएका लाईटहरु क्रमश बल्दै जाने छन् । पहिलो चरणमा ७८ दशमलव १ किलोमिटरमा १९३३ वटा स्मार्ट लाईट जडान भएको छ । एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा योे कार्यको थालनी गरिएको थियो । भरतपुर–२५ बाटै  स्मार्ट   लाईट जडानको कार्य सुरु गरिएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरलाई सुन्दर, शान्त, स्वच्छ, समृद्ध र उज्यालो शहर बनाउने उद्देश्यले स्मार्ट लाईट जडान गरिएको बताउनुभयो । मेयर दाहालले अब दोस्रो चरणमा १५० किमीमा स्मार्ट लाईट जडानको तयारी गरिएको उल्लेख गर्नुभयो । दोस्रो चरणको  स्मार्ट    लाईट जडान हुदाँ भरतपुरका सबै मूख्य सडकमा  स्मार्ट   लाईट जडान हुने उहाँको भनाई छ ।महानगरपालिकाले दशैअघि  स्मार्ट  लाईट बाल्ने गरी कामलाई अगाडि बढाउन विषेश पहल गरेको थियो ।
नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले  स्मार्ट    लाईटको नियन्त्रण सफ्टवेयरबाट गर्न सकिने भएपनि संकेतिक रुपमा स्वीच थिचेर उद्घाटन गरिएको जानकारी दिनुभयो । लाईटलाई चकिलो र मधुरो, लाईट बाल्न र खोल्न मोबाईलबाट सकिने छ । लाईटको अवस्थाको बारेमा सफ्टवेयरबाट गर्न सकिने भएकाले मर्मत गर्न र लाईट बन्दै गर्दै हिड्न नपर्ने उल्लेख गर्नुभयो । अहिलेका सडक बत्तीहरु कर्मचारीबाट फिल्डमै गएर बाल्ने र बन्द गर्नुपर्छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link