Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नेपाल बुद्विजिबी परिषद गोरखाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा । नेकपा एमाले निकट भातृ संगठन नेपाल बुद्विजिबी परिषद जिल्ला कार्यसमिति गोरखाले बिजय दशमी शुभ दिपावलीनेपाल संवत् छठ तथा ईद परिवको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार नेकपा एमालेको पार्टी कार्यालय चाईनिज धारामा नेपाल बुद्विजिबी परिषदको जिल्ला अध्यक्ष रमेश अधिकारीकोअध्यक्षतमा भएको कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य सम्झना देबकोटाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो। प्रमुख अतिथि सम्झना देवकोटाले  नेपालीहरुको महान पर्वलाई भब्य रुपमा मनाउँदै धेरै खर्चिलो नबनाउन आग्रह गर्दै चाडबाडकोनाममा खर्च गर्ने परिपाटीबाट टाढा हुनु पर्ने बताउँदै आयोजक नेपाल बुद्विजिबी परिषद गोरखालाई धन्यबाद ब्यक्त गर्दै सबैनेपालीलाई शुभकामना ब्यक्त गरिन् ।

त्यस्तै कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य बाबुराम थापा , जिल्ला सचिब काजीराम रोका , शिक्षक संगठनकाजिल्ला अध्यक्ष राजन कट्टेल , चेम्बर अफ कमर्सका गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ नेकपा एमाले नगरकमिटीका अध्यक्ष देबीबहादुर बस्नेत गोरखा नगरपालिका वडा न ५ का वडा अध्यक्ष खिल बहादुर राना अखिल नेपाल महिला संघका जिल्ला अध्यक्षपार्बती पाठक  लगायतले मन्त्वय राखेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link