Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

लायन्सको दोस्रो क्याबिनेट मिटिङ गोरखामा

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा । लायन्स क्लबको दोस्रो क्याबिनेट मिटिङ गोरखामा हुने भएको छ । लायन्स इन्टरनेशन डिष्ट्रीक ३२५ जे अन्तरर्गतको दोस्रो क्याबिनेट मिटिङ गोरखामा हुन लागेको हो ।
आयोजक लयान्स क्लब अफ गोरखा, लायन्स क्लब अफ गोरखा आरुघाट, लायन्स क्लब अफ गोरखा कालिका, लायन्स क्लब अफ गोरखा सिटी र लायन्स क्लब अफ गोरखा तारानगरको आयोजनामा यही असोज २८ र २९ गते गोरखा सदरदुमकामा दोस्रो मिटिङ हुन लागेको आज पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
क्लबले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिदै तयारी समितिका डाईरेक्टर शिलत्तकाजी मास्केले मिटिङको तयारी अन्तिम चरणमा पुगिसकेको बताए । ‘क्याबिनेट मिटिङको लागि आवश्यक तयारी पुरा हुन लागेको’ भन्दै डाईरेक्टर मास्केले भने ‘मिटिङमा सहभागी हुन १०८ वटा क्लबका करिब ६५० सहभागि हुनेछन् ।’
मंगलबारसम्म सहभागि मध्ये ९० प्रतिशतले रजिष्ट्रेशन गरिकेको भन्दै अन्य केहीको भने बाँकीरहेको मास्केले जानकारी दिए ।
गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगरले उदघाटन गर्ने उक्त मिटिङमा २८ गते प्रि क्याबिनेट मिटिङबाट पास भएर आएका योजनाहरु कार्यान्वयनका लागि २९ गते बृहत्त छलफल हुने आयोजकले जानकारी दिएको छ ।
गोरखामा आयोजना गरिएको मिटिङले जिल्लाको ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको प्रचारप्रसार हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकले गोरखा जिल्लाको विविध विषयमा जानकारी पाउने पनि आयोजकले लक्ष्य राखेको छ ।
मिटिङलाई भब्य रुपमा सम्पन्न गर्न आयोजक संस्थाले १७ वटा विभिन्न उप समिति गठन गरेको छ ।
गोरखा संग्रालय परिषरमा हुने कार्यक्रममा २८ लाख ११ हजार खर्च हुने अनुमान गरिएको छ ।
लायन्सले यस अघि सन २०१४ मा गोरखामा यस्तै प्रकृतिको मिटिङको आयोजना गरेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link