Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

नयाँ रुपान्तरणको लागि गाेरखामा मेराे उम्मेदवारी:अध्यक्ष प्रचण्ड

loading views..
Nepal Telcome

गोरखा।नेकपा माओबादी केन्द्रका अध्यक्ष गणतन्त्रका नेपालका प्रथम प्रधानमन्त्री साथै गाेरखा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले नयाँ रुपान्तरणका लागि गाेरखा आएकाे बताएका छन्। जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन शुक्रबार गाेरखा आइपुगेका प्रचण्डले साे कुरा बताएका हुन्।

जसरी माओले आन्दाेलनकाे उर्जा बटुल्न चिनकाङसाङ पुगेका थिए त्यसरी नै अन्तिम युद्व लड्न गाेरखा आएकाे हुँ उहाँले भन्नू भयाे । आफ्नाे युबा अबस्था गाेरखामा बिताएकाे र पार्टीकाे पहिलाे हेडक्वाटर भएकाले गाेरखा जिल्लाबाट रुपान्तरण थालनी हुने बताउनु भयाे । म पहिलाे प्रधानमन्त्री हुदाँ मध्य पहाडी लाेक मार्ग लगाएतका दश‌ हजार बिधुत उत्पादन गर्ने लक्ष्य सहित आधारशिला तयार भएकाे बताउनु भयाे । अब गाेरखाबाट छिट्टै नै नयाँ रुपान्तरण हुने कुरा बिश्बास दिलाउनु भयाे । साेहि कार्यक्रममा नेकपा माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ , हितराज पाण्डे हरि अधिकारी चुडामडि खड्का लगाएतका नेताहरुले मन्त्वय राखेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link