Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

हँसिया हथौडा र रुखकाे मिलन शान्ति सम्झाैताले गराएकाे हो: प्रचण्ड

loading views..
Nepal Telcome

गोरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हँसिया हथौडा र रुख मिलन शान्ति सम्झाैताले गरेकाे बताएका छन् ।

उनले सो कुरा शनिबार गाेरखा सदरमुकाममा गाेरखा जिल्ला भरिका विभिन्न पेशा र ब्याबशायीहरुकाे भेलामा साे कुरा बताएका हुन् ईतिहासकाे विभिन्न कालखण्डमा माओबादी र काङ्ग्रेसले ऐतिहासिक निर्णय गरि देशलाई सहि मार्गमा ल्याएकाे अबगत गराउँदै काङ्ग्रेसले माओबादीमा भाेट हाल्न हुन्न भन्नू सहि नभएकाे दाबी गरे । हामी याे गठबन्धनमा किन आयाैँ भन्ने कुरा सबै न्याय प्रेमी जनसमुदायलाई थाहा भएकाे कुरा हाे । जसले संघियता धर्म निरपेक्षता संविधान नै धरापमा पार्ने काम गरे त्यसका बिरुद्ध बनेको गठबन्धन भएको हुनाले  देशलाई सहि निकास दिएका हाैँ। अहिले प्रतिगमनकारी शक्तिलाई परास्त गरि देशलाई निकास दिनु नै प्रमुख कार्यभार हाे । याे गठबन्धनलाई अत्याधिक मतका साथ बिजय गराउन सबै गाेरखाबासीसँग उनले आग्रह समेत गरे।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link