Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

भोलि ललितपुरमा गठबन्धनको चुनावी प्रशिक्षणः प्रचण्ड, देउवा र नेपालले सम्बोधन गर्ने

loading views..
Nepal Telcome
नदीपुर दुध

ललितपुर। सत्तारुढ दलहरू पाँच दलीय गठबन्धन बनाएर आगामी चुनावमा होमिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएका छन् ।

सत्ता गठबन्धनले भोलि (मंगलबार) ललितपुरमा उम्मेदवारीबारे जानकारी तथा राजनीतिक प्रशिक्षण कार्यक्रम राखेका छन् । ललितपुरमा माओवादीका संयोजक शिव प्रसाद कट्टेलका अनुसार उक्त कार्यक्रममा शीर्ष नेताको उपस्थिति हुनेछ ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालगायतका नेताहरूको उपस्थिति रहने कट्टेलले जानकारी दिए ।

महालक्ष्मी स्थानमा रहेको डिलाइट पार्टी भेन्यूमा भोलि दिउँसो सवा १२ बजे कार्यक्रम सुरु हुने जनाइएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link