Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गाेरखालाई नयाँ बिकासकाे माेडेल दिन चाहान्छाै : नारायणकाजी श्रेष्ठ

loading views..
Nepal Telcome

गोरखा। नेकपा माओेबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गाेरखालाई नयाँ बिकासकाे माेडेल दिन चाहेकाे बताएका छन् । शुक्रबार गाेरखा सदरमुकामकाे मिराकाल हाेटेलमा भएकाे ग्लाेबल गाेरखा समाजकाे तेस्राे अधिबेशनमा साे कुरा बताएका हुन् । बिश्वभरि फैलिएर बसेकाे गाेरखा बासीहरुकाे भाबानालाई जाेड्न याे संस्थाले सहयाेग पुऱ्याउने कुरामा बिश्वास ब्यक्त गरे ।

एकिकरणकाे पहलकदमी गाेरखाबाट पृथ्बीनारायण शाहले गरेकाे भन्दै नेता श्रेष्ठले बिकासकाे माेडेल पनि यहि बाट शुरु हुने बताए । संसारकाे सुन्दर देश मध्ये हाम्राे नेपाल मध्ये गाेरखा बिकासकाे संम्भाबना भएकाे जिल्लामा पर्छ ।

गाेरखामा कृषि , पर्यटन , सिचाई जडिबुटीमा ध्यान दिन सकियाे भने गाेरखा बिकास हुनबाट कसैले राेक्न नसक्ने बताए । हामी राजनितिक पार्टीकाे मुख्य उद्देश्य नेपाललाई समृद्धी बनाउनु हाे त्यस कारण नेपालका राजनितिक पार्टी र सरकारले जनतालाई प्रतिफल दिनु पर्छ ।

जनतालाई नयाँ प्रतिफल दिन नसकेमा जनता निराश हुन्छन् र राजनितिक पार्टी कमजाेर हुन्छ । त्यसकाे लागि गम्भीर आत्म समीक्षा जरुरी रहेकाे बताएका छन् । नेपालमा राजनितिक सहकार्यले राणशासन पञ्चयती ब्याबस्था र सयाै वर्षा सम्म जरा गाडेर बसेकाे राजतन्त्र ढाल्न सफल भएकाेले सहकार्य आबश्याक रहेकाे बताए ।

हाम्रा छिमेकी दुई मुलकलाई बिश्बासमा लिएर व्यबसायिक बाटाे बनाउन सक्नु पर्ने बताउदै बिकास र समबृद्विकाे लागि सबै दल एक ठाउँका आउनु पर्ने बताए ।

साेहि कार्यक्रममा राष्ट्रिय सभाका सदस्य कमला पन्त, गाेरखा क्षेत्र १ का उम्मेदार राजेन्द्र बज्गाई, जिल्ला समन्वय समितिका प्रमुख माेहन थापा, गाेरखा नगरपालिका प्रमुख कृष्ण राना, पालुङटार नगरपालिकाका प्रमुख बिबश चिन्तन, गाेरखा नगरपालिकाका उपप्रमुख मसली मायाँ थाेकर, बारपाक सुलिकाेट गाउँपालिकाका उपाध्यक्ष सन मायाँ गुरुङ, धार्चे गाउँपालिका उपप्रमुख सनिला गुरङ र आरुघाट गाउँपालिकाका उपप्रमुख कल्पना नेपालीकाे सहभागिता रहेकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link