Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

आफ्नो जीवनमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तै:प्रचण्ड

loading views..
Nepal Telcome
नदीपुर दुध

आरुघाट। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आरुघाटमा जनतासँगको भेटघाटको क्रममा आफ्नो जीवनमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताएका छन्।
आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नै जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरुका अधिकार स्थापित भएकाले फिल्म जस्तो लागेको बताएका हुन्।
४६ वर्ष पहिले शिक्षणको क्रममा आफू बसेकै स्थानमा आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै अध्यक्ष प्रचण्डले समकालीन समयका दर्जन बढी सहपाठीहरुको नाम समेत लिएका थिए। आफ्नो उम्मेदवारी गोरखाबाट हुनु गोरखाका लागि फाइदा रहेको बताए। मध्यपहाडी लोकमार्ग, बुढीगण्डकी जलविद्युत परियोजना,बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम समयमै सम्पन्न गरिने अध्यक्ष प्रचण्डले बताए। जनतासँग घरदैलो गर्नका निमित्त प्रचण्ड दुईदिन गोरखामा नै रहने नेकपा (माोबादी केन्द्र) गोरखा जिल्ला पार्टी स्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link