Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

गोरखाका सबै उम्मेदवारलाई मत दिएर रेकर्ड कायम गर्न प्रचण्डको मतदातासँग अपिल

loading views..
Nepal Telcome

गोरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा क्षेत्र न २ का प्रतिनिधि सभाका उमेदार पुष्पकमल दाहाल प्रचण्डले गोरखाको सबै उमेदारलाई मत दिएर रेकर्ड कायम गर्न अपिल गरेका छन् ।
शुक्रबार गोरखा नगरपालिका भित्र चुनाबी सभा सकिए लगतै गोरखा संग्राहलयमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले हामिले भन्न चाहेको कुरा तपाईहरुले थाहा पाउनु भएको छ । अब मंसिर ४ गतेको निर्बाचन आउन केहि दिन मात्र बाँकी छ । हामीले भन्न खोजेको कुरा के छ भने अहिले हामी गठबन्धनमा छौ ।
गठबन्धनको तर्फबाट उमेदार बनेका छौ । हामी एउटा प्रतिगमन बिरोधी आन्दोलनको उपजको रुपमा भएकाले यो देशमा लामो संर्घस र बलिदानबाट बनेको संबिधान माथि घात हुने खतरा पैदा भयो र पटक पटक प्रतिनिधि सभा असबैधानिक रुपले बिघटन गर्ने पक्रिया देखिए पछि त्यो प्रतिगमनको बिरुद्ध आन्दोलनको वीचबाट यो गठबन्धन जन्मियो र संबिधान रक्षा गर्नु लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु राष्ट्रको रक्षा गर्नु गठबन्धनको मुख्य उद्येश्य रहेको बताए ।
त्यहि उद्येश्य अनुसार नै गठबन्धनका दलहरु निर्बाचन अभियानमा छौ । प्रतिगमन बिरोधी आन्दोलनको निरन्तरताको अभियानको रुपमा यो निर्बाचनमा पनि हामी अगाडि जाँदैछौ । त्यसकारण दुईवटा प्रबृति छ जहाँ दुईवटा गठबन्धन छ एउटा राजतन्त्र पुनस्थापना हुनु पर्छ भन्ने एमाले सहितको गठबन्धन अर्को १२ बुँदे सहमति कर्ता र शान्ति सम्झौताको हस्ताक्षार कर्ता संबिधान निर्माणमा महत्व पुर्ण भुमिका खेल्ने नेता र पार्टीहरुको गठबन्धन भएकाले प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नु अहिलेको आबश्याकता हो । त्यसैले सबैको साथ र सहयोग नभएको भए प्रतिगमन सजिलै ढल्ने थिएन । उनले भने ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link