Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

गाेरखाबाट बिकासको नयाँ मोडल देखाउँनु छ: प्रचण्ड

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाेरखाबाट बिकासको नयाँ मोडल देखाउन चाहेको बताएका छन्। शुक्रबार गाेरखाकाे सिरानचाेककाे जाैबारीमा काेण सभालाई सम्बाेधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाकाे बाँकी काम टुङग्यार गाेरखाबाट बिकासकाे नमुना प्रस्तुत गर्ने चाहाना भएकाे बताएका हुन् ।

गाेरखामा प्रचण्ड उम्मेदवार भए पछि संसारकाे ध्यान गाेरखामा तानिएको छ जसले भुगाेलकाे आधारमा जसरी गाेरखालाई संसारले चिनेकाे छ । ठीक त्यसरी नै बिकासकाे मुल फुटाएर गाेरखालाई आर्थिक समबृद्विकाे यात्रामा नमुना बनाएर गाेरखा चिनाउने मुख्य धाेका भएकाे बताएका छन् ।

गाेरखा बिकासकाे सम्भबाना हुँदा हुँदै पनि बिकासबाट पछि परेकाे स्मरण गराउँदै यहाँका धुला बाटाहरु ५ बर्षमा सबै पिच गरेर देखाउने प्रतिबद्वता ब्यक्त गरेका हुन् ।

गाेरखाली जनताकाे बिश्वास र भराेसालाई कहिल्यै टुट्न नदिने भन्दै गाेरखा क्षेत्र न २ का उम्मेदार पुष्पकमल दाहाल प्रचण्डले गाेरखासँग मेराे घनिष्ठ सम्बन्ध रहेको यसलाई बढाउँदै बिकासको गति निरन्तर अघि बढ्ने बिश्वास ब्यक्त गरे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link