Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

दुई पटक संसद भंग गरेर मध्यराती सदर गर्नेहरुलाई भाेट नदिनुस : प्रचण्ड

loading views..
Nepal Telcome
संसदिय दलको नेता प्रचण्ड

गोरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एंबम गाेरखा क्षेत्र न २ का प्रतिनिधि सभाका उम्मेदार प्रचण्डले दुई दुई पटक संसद भंग गरेर मध्यराती सदर गर्नेहरुलाई मतदान नगर्न आग्रह गर्नु भएकाे छ । गाेरखाकाे सहिद लखन गाउँपालिका घैरूङ बतासेमा आयाेजित चुनाबी सभालाई सम्बाेधन गर्दै प्रचण्डले देशमा संविधान बनिसके पछि याे देशका महिला आदिबासी जनजाति किसान मधेसी सबैकाे हक अधिकारलाई प्रतिनिधित्व हुने गरि संविधान बनेपछि अब राजनितिक दुर्घटना हुने छैन भन्ने साेचेका थियाै ।

तर सत्तरी बर्ष लडेर ल्याएकाे संबिधानलाई मिच्ने र च्यात्ने नेपाली जनताले पाएका अधिकार खाेस्ने केपी ओलीबाट दुस्साहस भयाे केपी ओलीकाे सरकारले संसद माथि पटक पटक हमला गर्दै रातकाे दुईबजे सदर गर्ने काम भयाे प्रचण्डले भन्नूभयाे ।

अब के का लागि केपी ओलीकाे पार्टीलाई भाेट दिने भन्दै गाेरखाबासीलाई भाेट नदिन आग्रह गर्नु भयाे । सबैकाे साथ र सहयाेगले प्रतिगमनलाई परस्त गर्न सहज भएकाे बताउँदै त्यसैकाे उपलब्धीमा गठबन्धन भएकाले मंसिर ४ गते संबिधानका भक्षकलाई सबक सिकाई दिनु पर्ने उहाँले बताउनु भएकाे हाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link