Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

फराकिलो मतान्तर सहित कृष्ण धिताल विजयी

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। गोरखा–१ (१) मा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन् । बुधबार बिहान सम्पन्न भएको मतगणनामा धितालले १५ हजार ४ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।

धितालका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुरेन्द्र थापाले ९ हजार ८ सय २२ मत प्राप्त गरेका छन् ।

धिताल ५ हजार ६ सय ३५ मतको मतान्तरले विजयी भएका हुन् ।

उनी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार थिए । धिताल माओवादी गोरखाका इन्चार्ज समेत हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link