Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

बिन्दु कुमार थापा गण्डकी प्रदेश सभा सदस्यमा विजयी

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। घात, अन्तरघात र अन्तरकलहका बीच नेपाली कांग्रेसका नेता बिन्दु कुमार थापाले गण्डकी प्रदेश सभा सदस्य पदमा बिजय हाँसिल गरेका छन्। थापाले नेकपा एमालेकी नेत्री मिना गुरुङलाई १ हजार ३ सय १२ मतान्तरका साथ् विजय प्राप्ती गरेका हुन्।

बिहान ४ बजेसम्म कास्की क्षेत्र बमबार २(२) का वडा नम्बर ४, ८,९,११, १६ र २० का सम्पूर्ण मत गणना गर्दा थापाले कुल ९ हजार २ सय ७८ मतका साथ विजय हाँसिल गरेका हुन। उनको निकटतम प्रतिद्वन्द्वी मिना गुरुङले ७ हजार ९ सय ६६ मत पाएकी छिन भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले तीनहजार नौसय दुई मतका साथ् तेश्रो स्थान हासिल गरेका छन्।

थापाको बिजयासँगै उनले अब बन्ने गण्डकी प्रदेश सरकारमा एउटा शक्तिशाली मन्त्रालय पाउने सम्भावना देखिएको छ। हुन त उनले चुनाबका बेला आफुलाई भाबी मुख्यमन्त्रीका रुपमा प्रस्तुत पनि गरेका थिए। तर गोर्खा जिल्लाबाट नेपाली कांग्रेसबाट बिजयी प्रदेश सांसद सुरेन्द्र पाण्डेले आफु विजयी भएको भनेर घोषणा हुनासाथ आफू संसदीय दलको नेता हुन तयारीमा लाग्ने घोषणा गरिसकेका छन्। उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन्

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link