Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

गोरखा २बाट प्रचण्ड भारी मतका साथ विजयी

loading views..
Nepal Telcome
संसदिय दलको नेता प्रचण्ड

गोरखा। प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको गोरखामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा २ नम्बर निर्वाचन क्षेत्रबाट फराकिलो मतान्तरका साथ विजयी भएका छन्।
५४ हजार ३१ मत गणना गर्दा प्रचण्ड २६ हजार १ सय ३ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी
राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत प्राप्त गरेका छन्। त्यसै गरेर एमालेका अब्दुश मियाले७ हजार ३ सय ९३ मत प्राप्त गरेर तेश्रो स्थानमा रहेका छन्। सम्पूर्ण मत गन्दा ३हजार १ सय २४ मत बदर भएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link