Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

समानुपातिकतर्फ १ करोड १ लाख ७५ हजार मतगणना हुँदा कुन दलले कति पाए ?

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ बिहीबार बिहान ७ः३० बजेसम्म एक करोड १ लाख ७५ हजार ८९५ मतगणना भएको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अग्रता लिइरहेको छ।

हालसम्म उक्त दलले २७ लाख २२ हजार ८३३ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मतसहित दोस्रो स्थानमा रहेको छ।तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत प्राप्त गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७९० मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार ४०५ मत प्राप्त गरेको छ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले ४ लाख ८ हजार ९६४, जनमत पार्टीले ३ लाख ७६ हजार २१२, नेकपा एकीकृत समाजवादीले २ लाख ९० हजार १९९, नागरिक उन्मुक्ति पार्टीले नागरिक उन्मुक्ति पार्टी २,६८,४३९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १,४९,८३२, नेपाल मजदुर किसान पार्टीले ७३,८३९, हाम्रो नेपाली पार्टीले ५४,१२६, मंगोल नेशनल अर्गनाइजेशनले ४७,८९४ मत पाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link