Skip to content
Pokharapress Logo
२७ असार २०८३, शनिबार

यो चुनावमा जस्तो वैदेशिक चलखेल विगतमा कहिल्यै भएको थिएनः प्रचण्ड

loading views..
Nepal Telcome

ललितपुरनेकपा माओवादी केन्द्रका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते  सम्पन्न  चुनावमा जस्तो वैदेशिक चलखेल विगतमा कहिल्यै नभएको बताएका छन् । हरिसिद्धि, ललितपुरमा भएको  प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकमा संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले निर्वाचनको  वैदेशिक शक्ति खडा गरिएको  बताउँदै संविधान आफुहरुले बनाएको तर यो पटकको चुनावी  परिणामलाई वैदेशिक शक्तिले जसरी प्रयोग गरे यसबारे ध्यान दिनु जरुरी रहेको उनले बताए ।  अध्यक्ष प्रचण्डले हिजो माओवादीको छुट्टै पहिचान रहेको र अहिले माओवादीलाई पहिचानको समस्या हुन थालेको बताउँदै हिजो जस्तै देश र जनताप्रति आचार र व्यवहार नयाँ बनाउने युगिन पहिचान बनाउन जरुरी रहेको बताए । सम्वोधनका क्रममा उनले विगतमा जस्तो अहिले आफ्नो क्षेत्रलाई जति राम्रा काम गरेपनि, जति राम्रो मुद्दा उठाएपनि, नयाँ र डिजिटल मिडियाबाट आफ्नो कुरा भन्न सक्नु पर्ने उनको भनाइ थियो । यो अवस्थामा जिटल आर्मीको विशाल फौज चाहिएको बताउँदै उनले हामीकहाँ भएको जनमत र पंक्तिलाई परिचालन गरेर आइटी आर्मी बनाउन जरुरी रहेको बताए । दक्षिणपन्थी दुषित हावालाई स्वच्छ बनाउन यो आवश्यक भैसकेको उनको भनाइ थियो ।  अहिलेको अवस्थामा ६० लाख भन्दा धेरै नेपाली विदेशमा रहेको र अहिलेको हावाचल्नुको कारण त्यो शक्तिलाई सही संगठित गर्न ध्यान दिन नसक्नु भएकोले यसमा ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link