Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

बिश्वासको मत पश्चात् मन्त्री परिषदले पूर्णता पाउने

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डु। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभाका अधिवेशन पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । सोही दिन विश्वासको मत लिएर त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको खुमलटार श्रोतले बतायो ।त्यसो त प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदारो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग छलफल गरेका छन् । प्रचण्डको चाहनामा सत्ता साझेदार दलहरु सहमति भएको नेताहरु बताउँछन्।बरु यसबीचमा मन्त्रालय भागवण्डादेखि प्रदेश सरकारको भागबण्डा मिलाउने लगायतका कार्य सकाउने नेताहरुको तयारी छ । संघीय सरकारको भागवण्डाको विषय नेकपा एकीकृत समाजवादीको सरकारमा सहभागिता सुनिश्चित भएपछि टुंगो लाग्ने नेताहरुको भनाइ छ ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link