Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

नेपाली सेनाका उपरथी प्रेम शाही सैनिक प्रहरीको कब्जामा

loading views..
Nepal Telcome

काठमाण्डु। नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले पक्राउ गरेको छ । आर्थिक अनियमिततामा अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई हिरासतमा लिइएको बताएको छ । उनलाई प्रधानसेनापति प्रभुराम शर्माको आदेशमा पक्राउ गरिएको सैनिक स्रोत बतायो ।उपरथी शाही उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका थिए। तर उनी आफ्नो पदावधि १ वर्ष बाँकी रहेको दाबी गर्दै सर्वोच्च पुगेपछि अदालतले उनको पक्षमा फैसला गरेको थियो।
शाहीले पुस ७ मात्र सर्वोच्चमा आफ्नो जन्ममिति २०२३ पुस २२ लाई कायम गर्न माग गर्दै रिट दायर गरेका थिए ।सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयांलको एकल इजलासले सेना र रक्षा मन्त्रलायका नाममा कारण देखाऊ आदेश गरी गर्दै शाहीको निवेदनअनुसार नै फैसला गरेपछि उनले थप एक वर्ष जागिर खान सक्ने अवस्था थियो ।

शाहीको चारित्रिक प्रमाणपत्रमा २०२२ पुस २० गते थियो भने प्रमाणपत्रमा २०२३ पुस २० गते थियो । सेनाको अभिलेखालयमा २०२२ पुस २० भएकाले १५ दिनअघि नै सेनाले उनलाई अवकाशको पत्र थमाएको हो ।खबरहबबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link