Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

गण्डकी प्रदेशसभाको सभामुखमा कृष्ण प्रसाद धिताल विजयी

loading views..
Nepal Telcome
नदीपुर दुध

गाेरखा। माओबादी केन्द्रका गाेरखा जिल्ला ईन्चार्ज तथा प्रदेश सांसद कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुखमा निर्वाचित भएका छन् ।
शनिबार प्रदेशसभामा भएको निर्वाचनमा धितालले ३२ मत पाएका हुन् । ६० सदस्यीय प्रदेशसभामा मतदानमा ५८ जना सहभागी भएका थिए ।
धिताललाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङेले पनि मत दिए । एमालेबाटै निर्वाचित भएका ज्येष्ठ सदस्य मित्रलाल बस्याल भने मत विभाजनमा सहभागी भएनन् ।
नेपाली कांग्रेसकी प्रदेश सांसद सरस्वती अर्याल तिवारी पराजित भएकी छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link