Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

राष्ट्रपति जस्ताे गरिमामय पदमा सर्बदलिय सहमति हुनु आबश्याक : उप प्रधानमन्त्री श्रेष्ठ

loading views..
Nepal Telcome

गाेरखा।  नेकपा माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका उप प्रधानमन्त्री एंबम भाैतिक पुर्बाधार मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति जस्ताे गरिमामय पदमा सर्ब दलिय सहमति आबश्याक रहेकाे बताएका छन् ।

आइतबार गृह जिल्ला गाेरखा सदरमुकाम आईपुगेका श्रेष्ठले पत्रकारहरुसँग कुराकानीमा सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपतिकाे सन्दर्भमा गम्भीर र जिम्मेवार बाेधका साथ सबै बसेर एउटा निष्कर्षमा पुगाैं भन्ने प्रण गरेका छाैं उनले भने ।

जसरी प्रधानमन्त्रीले बिश्बासकाे मत एक अभुत पुर्ब समर्थनबाट बिश्बासकाे मत लिनु भयाे ठिक त्यसरी नै राष्ट्रपतिमा जान सकियाे भने उत्तम हुने बताए ।

हाम्राे पार्टीले कुनै दललाई दिने वा नदिने केही नभनेकाे पनि उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार भेटघाट मार्फत जानकारी गराए । राष्ट्रपतिकाे बिषयमा सबै दल संग छलफल भएता पनि ठाेस निष्कर्षमा नपुगेकाे उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link