Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

`गण्डकी प्रदेश´ सामन्ती शाह शासन को उत्पत्ति र बिस्तारको मुख्य थलो

loading views..
Nepal Telcome

पोखरा। बिक्रम संवत १५५८ मा जैन खान भन्ने व्यक्तिले आजको स्याङ्जा जिल्लाको आँधिखोला क्षेत्रमा पर्ने भिरकोट भन्ने स्थानमा एउटा सानो राज्य स्थापना गरे।त्यसपछि पनि उनैका शाखा सन्तानहरु नुवाकोट,कास्की,लमजुङ आदि ठाउँमा रजौटा हुँदै गए।जैन खानका सन्तान `शाह´ हुँदै बिभिन्न राज्यहरुमा फैलिंदै जाँदा ५८ वर्षपछि बिक्रम संवत १६१६ मा गोरखा लिगलिगमा पुग्छन्।२०९ वर्ष गोरखामा जमेर शाशन गरेका शाह सन्तान बिक्रम संवत १८२५ मा काठमाडौंको राजा हुन पुग्छन्।शाह सन्तानबाट काठमाडौंको पहिलो राजा हुने ब्यक्ति पृथ्वीनारायण शाह थिए।बिक्रम संवत१८२५ देखि बिक्रम संवत२०६५ सम्म अर्थात २४० वर्ष काठमाडौं केन्द्रित उनीहरुको शासन चल्यो। जैन खान देखि ज्ञानेन्द्र शाह सम्मको शासन काल भनेको जम्मा ५०७ वर्ष हो।अहिलेको `गण्डकी प्रदेश´ सामन्ती शाह शासन को उत्पत्ति र बिस्तारको मुख्य थलो थियो।क्रान्ति मार्फत एउटा ब्यवस्था गएर अर्को व्यवस्था आउँदा पनि पुरानो व्यवस्थाका बैचारिक,राजनीतिक र साँस्कृतिक छाप नयाँ ब्यवस्थामा चर्कै रुपमा रहिआएकै हुन्छ।लामो र दीर्घकालीन प्रकृतिको अग्रगामी आन्दोलन चलाएर मात्र समाजमा पुरानो सत्ताको छापहरु मेटाउन सम्भव हुन्छ। माथि भनिए झैं “गण्डकी प्रदेश´ सामन्ती शाह शासन को उत्पत्ति र बिस्तारको थलो हो।” यो तथ्यले के बताउँछ भने के काँग्रेस? के एमाले ? के माओवादी केन्द्र ? सबैमा उत्तिकै मात्रामा सामन्ती व्यवस्थाको बैचारिक,राजनीतिक र साँस्कृतिक छाप अन्यत्र भन्दा गण्डकी प्रदेशमा ज्यादा छ।तपाईं हामी सबैलाई हाम्रा नेताहरु अझ मुख्य गरी गण्डकी प्रदेशका नेताहरु `ठालु प्रवृत्ति´को महशुस हुनुमा यही नै ऐतिहासिक कारण हो। ऐतिहासिक कारणले नै उनीहरुलाई अन्यत्रको भन्दा धेरै ठुलो आयातनमा सामन्ती चरीत्रमा स्थापित गरिदिएको छ।कुरा यहि हो बुझौं र लडौं।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link