Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

कांग्रेशलाई राष्ट्रपति दिने ८ दलबीच सहमति

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डु। बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकले भावी राष्ट्रपतिका विषयमा सहमति जुटाएको छ। ८ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिन सहमति जुटेको छ।

पुरानो गठबन्धनको बैठकमा जनमत, नागरिक उम्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी पनि मिसिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुटारमा बसेको ८ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिने सहमति जुटेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको ठूलो दल कांग्रेसबाट राष्ट्रपति बनाउन भनेर प्रस्ताव गरेको एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल लगायत नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, जनमत, नागरिक उम्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link