Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

प्रचण्डप्रति ओलीको तिब्र आक्रोश : ठूलो कचौरामा दूध-भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ

loading views..
Nepal Telcome

पोखरा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धको नाममा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिंसा गरेको बताएका छन् । काठमाडौँमा भएका एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘जनयुद्धको नाममा प्रचण्डले एउटा नयाँ हिंसाको सुरु गरे, यस क्रममा राज्य र विपक्षीबाट धेरै हत्या भयो, गिरफ्तार र हत्या गर्ने क्रम चलिरह्यो,’ अध्यक्ष ओलीले भने, ‘त्यसको घाउ अहिले पनि दुख्छ, त्यसका प्रमुख अहिले पनि सरकारमा छ, प्रधानमन्त्री भएको तीनपटक भयो, सरकारमा त कतिपटक भयो भयो ।’

उनले ०६२-६३ पछि सबैभन्दा लामो समय प्रचण्ड नेतृत्वको पार्टी सरकारमा भएको बताए । ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा नभएको उनको भनाई छ । ‘जता जोसँग मिलेर भए पनि सत्तामा पुग्ने,’ उनले भने, ‘एउटा कुरा छ नि, बिरालो किन्न पर्दैन, दूध र भात कसले कति दिन्छ, त्यहीअनुसार बिरालो उतैतर्फ गइहाल्छ ।’

‘उहाँ (प्रचण्ड) लाई मैले चिन्छु, उहाँले हातमा चक्कु लिनुभएको थियो, मलाई फूल लिएर बसेको छु भन्नुभयो, मैले चिनेको थिएँ,’ अध्यक्ष ओलीले भने, ‘तर, मेरो आँखाले सही नै देखेको थियो, अहिले त्यही भयो, उहाँले मलाई दुई महिना धेरै गाह्रो भयो भन्नुभयो, उहाँ दाम्लो छिनालेर जान खोज्ने, म जान नदिने ।’

उनले आफूहरू गत पुस १० गते जोडिने प्रयास भए पनि सम्भव हुन नसकेको बताए । आगामी राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउनु पर्ने बताउँदै उनले मत मागेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link