Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

नेकपा माओबादी केन्द्र बारपाक सुलिकाेट गाउँपालिकाले जनतासँग जाेडिने याेजना ल्यायाे

loading views..
Nepal Telcome

गोरखा। नेकपा (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिकाले जनता संग जाेडिने याेजना ल्याएकाे छ ।गाउँपालिकाकाे सम्पन्न बैठकले पार्टी केन्द्रको सर्कुलर बमोजिम दुई महिने ‘जनतासँग पार्टी अभियान—२०७९’ शुरुवात गरेको माओवादी केन्द्र गाँउपालिका समितिका अध्यक्ष नर बहादुर गुरुङले जानकारी दिए ।

‘एकतावद्ध होऔं, जनतासँग पार्टी अभियानमा जुटौं’ भन्ने नारासहित फागुन मसान्तसम्ममा वडा पार्टी बैठक बस्ने माओबादी केन्द्रकाे विभिन्न जनबर्गिय संगठनकाे भेला र बैठक गर्ने, शहीद तथा बेपत्ता परिवार, जनयुद्धका घाइते, अपाङ्ग योद्धाहरु, जनयुद्धको क्रममा हिरासत/जेल बसेका, बिस्थापित भएका योद्धाहरुको अवस्था पहिचान गरी, भेटघाट गर्ने कार्यक्रमहरु रहेको उनले बताए ।

यस्तै समस्याको पहिचान गरि समाधानको योजना बनाउने र पार्टीलाई सच्चा देशभक्त क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको लागि क्रियाशिल हुने लगायत संगठन पुनर्ताजकीरणका साथै जनताका वास्तविक समस्याहरु बुझ्ने र हल गर्नका लागि पहल गरिने बताए । गाउँपालिका कार्यक्षेत्र रहेका प्रदेश, जिल्ला, गाउँपालिका कमिटि सदस्यहरुको जिम्मेवारी समेत ठोस गरेको अध्यक्ष गुरुङकाे भनाई छ ।

अध्यक्ष गुरुङले यो अभियानले जनताको जनजिविकाको पक्षमा खरो ढंगले उत्रेर, समृद्धि हाशिल गर्न र समुन्नत समाजवाद उन्मुख गणतन्त्र नेपालको जगलाई बलियो बनाउन कोसेढुङ्गा साबित हुने आशा र बिश्बास ब्यक्त गरे । माओवादी केन्द्र गाँउपालिका समितिका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको बैठकमा गाँउपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ,पार्टीका विभिन्न तहका पधाधिकारीलगायत स्थानीयको बाक्लाे उपस्थित रहेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link