Skip to content
Pokharapress Logo
२६ बैशाख २०८३, शनिबार

जनतासँग माओबादी पार्टी भन्ने अभियान लिएर गाेरखाका माओबादी जनताकाे घरदैलोमा

loading views..
Nepal Telcome

गोरखा। नेकपा माओवादी केन्द्रले गत फागुन १४ गतेबाट ‘जनतासँग पार्टी भेटघाट’ कार्यक्रम सुरु गरेको छ । केही दिनअघि बसेको प्रदेशको छैठौं पूर्ण बैठकले केन्द्रीय योजनाअनुसार प्रदेशमा अभियान चलाउने निर्णय गरेको हो । यस क्रममा पार्टीका सबै नेता, कार्यकर्ता २ महिना जनता, सहिद परिवार, घाइते र बेपत्ता योद्धाका परिवारका बीचमा गएर पार्टी पुनःनिर्माणका बारेमा सुझाव लिनेछन् ।

दुई महिनासम्म चल्ने अभियानमा जिल्ला, पालिका हुदै वडा–वडा सम्म पार्टीका विभिन्न वैठक, छलफल गरी जनताबाट राय सुझाव लिने कार्य हुने नेकपा माओवादी केन्द्र गोरखाका इन्चार्ज अमर तमुले जानकारी दिए । अभियान अन्तरगत गोरखा क्षेत्र नं १ मा पशुराम रम्तेलको नेतृत्वमा टोली खटिएको छ ।क्षेत्र नं १ को प्रदेश क मा कमला नहर्की र ख मा लेखबहादुर थापाको नेतृत्वमा अभियान संचालन भइरहेको छ । क्षेत्र नम्बर २ मा जिल्ला इन्चार्ज अमर तुमको नेतृत्वमा अभियान संचालन भइरहेको छ । क्षेत्र नं २ को क मा खोपबहादुर कँडेल र ख मा दिपक देवकोटाको नेतृत्वमा अभियान संचालन भइरहेको छ ।

माओवादीले अभियानका लागि ‘टिप्पणी सुझाव र संगठनका लागि नेता, कार्यकर्ता र जनतासँग भेट गरौं, विचार र नेतृत्वका आधारमा संगठित तागत निर्माण र समृद्धिमा जोड गरौं’ भन्ने नारा अघि सारेको छ । २ महिनाको अभियानमा माओवादीले स्थानीय तह जितेका ठाउँमा पार्टीको चुनावी प्रतिबद्धतासहितको समाजवादको आधार तयार पार्ने योजना लागू गर्न योजनाबद्ध काम गर्ने, विजय हासिल नभएका ठाउँमा जनताका समस्या हल गर्न पालिकाहरूमा पहल गर्ने भएको छ ।

जनयुद्धका पूर्णकालीन र पार्टीका एकता भएपछि सबै पुराना छुटेका कार्यकर्तासँग र जेल हिरासतमा परेकाहरूको सूची तयार पारी घर घरमा गएर भेटघाट गर्ने, सुझाव लिने र पार्टीमा पुनः संगठित गर्ने अभियानको योजना रहेको इन्चार्ज तमुले जानकारी दिए ।
चुनावपछि यही अभियानबाट जनताको घरदैलोमा पुगी प्रत्यक्ष भेटघाट गर्ने, उनीहरुको समस्या, गुनासोहरु टिपोट गर्ने उनले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link