Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

लक्ष्मी बैंकको सबै खाता बन्द गर्न अदालतको आदेश, राष्ट्र बैंकसहित अन्य बैंकहरूसँग सम्बन्ध बिच्छेद, बचतकर्तामा अन्योल

loading views..
Nepal Telcome

काठमाण्डु।नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त लक्ष्मी बैंकको सबै कारोबार रोक्का गर्न श्रम अदालतले आदेश दिएको छ । २०७५ सालदेखिको श्रम अदालतको फैसला कार्यान्वयन गराउँदै टेकुस्थित श्रम तथा रोजगार कार्यालयले लक्ष्मी बैंकको नाममा नेपाल भरका बैंकहरूमा रहेको खाता रोक्का गर्न आदेश दिएको हो ।नेपाल राष्ट्र बैंकमा माघ २३ मा बुझाइएको आदेशसँगै लक्ष्मी बैंकको नेपाल राष्ट्र बैंक र अन्य बैंकहरूमा रहेका खाताहरू रोक्का हुनेछन् । हालसम्म राष्ट्र बैंकले राेक्का राखिसकेकाे छैन । उक्त आदेशसँगै लक्ष्मी बैंकको नेपाल राष्ट्र बैंक र अन्य बैंकहरुसँगको सम्बन्ध बिच्छेद हुन पुगेको छ । नेपाल राष्ट्र बैंकको नियमन शाखाले माघ २३ गते नै तोक लगाएर खाता रोक्का गर्न निर्देशन दिइसकेको छ । अब लक्ष्मी बैंकको अन्य बैंकहरूसँग सम्बन्ध बिच्छेद हुनेछ ।
श्रम अदालतले हात्तिसारस्थित केन्द्रीय कार्यालय रहेको प्यान नं ३००२७७४०९ को नाममा देशैभरि रहेका बैंकहरूमा रहेकाे खाता अर्को आदेश  लागि रोक्का राख्न आदेश दिइएको छ । श्रम तथा रोजगार कार्यालयले फैसला कार्यान्वयन गर्दै यस्तो आदेश दिएको हो । 

श्रम अदालतले २०७५ साल फाुगन २७ गते फैसला कार्यान्वयन नगरेपछि फैसला कार्यान्वयन गराउन श्रम अदालतले यस्ताे आदेश दिएकाे हाे । उक्त बैंकमा कार्यरत पुकार श्रेष्ठलाई हटाउने निर्णयका विरुद्धमा चलेको मुद्दामा सेवाबाट हटाउने निर्णय बदर भई पूर्ववत काममा फर्काउनुपर्ने आदेश दिइएको थियो । सो आदेश बमोजिम पुकार श्रेष्ठले पाउने सेवा सुविधा नदिएको मुद्दा सर्वोच्च अदालतसम्म पुगेर फैसला कार्यान्वयनमा जाँदा समेत लक्ष्मी बैंकले अटेर गरेपछि फैसला कार्यान्वयन विधि अनुसार उक्त बैंकको राष्ट्र बैंक सहित सबै खाता रोक्का हुने भएकाे हाे ।
श्रम अदालतको आदेश बमोजिम फैसला कार्यान्वयनमा भई लक्ष्मी बैंकको सम्पूर्ण खाता रोक्का भएपछि सो बैंकमा खाता खोलेका बचतकर्ताकाे खाता चाही सुचारू नै हुन्छ। लक्ष्मी बैंकमा करिब १० लाख सर्वसाधारणको अर्बौ रुपैयाँ निक्षेप रहेको छ । यद्यपि श्रम अदालतले लक्ष्मी बैककाे अन्य बैंकहरूमा रहेकाे लक्ष्मी बैंककाे खाता राेक्का गर्नु भन्ने आदेश भएकाेले अन्यलाई असर गर्दैन ।
उक्त आदेशले बचतकर्तालाई खासै फरक पर्दैन। लक्ष्मी बैंकले फैसला कार्यान्वयन गरी कर्मचारी पुकार श्रेष्ठलाई रकम भुक्तानी गर्ने वित्तिकै लक्ष्मी बैंकका रोक्का रहेका सबै खाताहरु सुचारु हुनेछन् । साथै नेपाल राष्ट्र बैंकले चाहेमा खाता रोक्का नगरी पुकार श्रेष्ठले पाउने रकम तत्कालै भुक्तानी दिएर समस्या समाधान गर्न सक्नेछ । तर, नेपाल राष्ट्र बैंकले फैसला कार्यान्वयन नगरेमा गभर्नर महाप्रसाद अधिकारीमाथि मानहानीको मुद्दा लाग्ने भएकोले पनि तत्काल लक्ष्मी बैंकको खाता बन्द गर्न बाध्य हुनेछ ।

आदेशकाे प्रतिलिपी साैजन्य:सिंहदरवार डटकम बिमापोष्टबाट साभार

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link