Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

बैकको ब्याजदर एक अंकमा झार्न प्रधानमन्त्रीको निर्देशन

loading views..
Nepal Telcome
प्रचण्ड

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक ब्याजदर एकल अङ्कमा ल्याउन निर्देशन दिएका छन् । हिजो नेपाल निर्माण व्यवसायी महासङ्घले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेपाल राष्ट्र बैंक र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘मौद्रिक नीतिले बैंकको ब्याजदर बढेकाले यस्तो ब्याजदरलाई कसरी एकल अङ्कमा ल्याउने भन्ने विषयमा समेत केन्द्रीय बैंक र सम्बद्ध पदाधिकारीलाई अवश्यका निर्देशन दिइसकेको छु ।’ यस्तै, प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र सकसमा रहेपनि आत्तिइहाल्नुपर्ने अवस्थामा नरहेको बताए ।

‘आर्थिक स्थिति आत्तिइहाल्नुपर्ने स्थिति पनि छैन । गत वर्ष विदेशी मुद्राको सञ्चितमा ह्रास आउँदा देश आर्थिक सङ्कटको भुमरीमा पर्ने होकि भन्ने चिन्ता थियो,’ प्रचण्डले भने, ‘छिमेकका केही मुलुकहरू वैदेशिक मुद्राको सञ्चिती घट्दा आर्थिकरुपमा टाट पल्टेका छन् ।’ हाल नेपालसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिती रहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link