Skip to content
Pokharapress Logo
२८ बैशाख २०८३, सोमबार

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाईको ओइरो

loading views..
Nepal Telcome

पो्रारा। रामचन्द्र पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाले लगत्तै अमेरिकाका तर्फबाट काठमाडौँ स्थित अमेरिकी राजदूतावासले उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छ ।यो सँगै नवनिर्वाचित राष्ट्रपतिलाई चीनले बधाई दिएको छ ।नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकोमा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका हुन् ।
त्यसै गरेर नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षीले बधाई दिएकी छन्।पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन्।
पछिल्लो केही वर्षयता दुई देशबीचको सम्बन्धले विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति हाँसिल गरेको र त्यसले दुवै देशका नागरिकलाई लाभ मिलेको बधाई सन्देशमा उल्लेख गरिएको छ। द्विपक्षीय सम्बन्ध थप मजबुद बनाउनका लागि पौडेलसँग मिलेर काम गर्ने विश्वास लिएको मुर्मुद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको कार्यालय, शीतल निवासमा हिजो आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link