Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

एनसेलले विद्युत महसुल तिरेन!

loading views..
Nepal Telcome

पोखरा।डेढ दशकअघि विदेशी लगानी भन्दै थोरै रकम भित्र्याएर दूरसञ्चार व्यवसाय सञ्चालन गरेको एनसेल आजियाटाले वर्षको अरबौं डलर मुनाफा र लाभांशवापत विदेश लैजाने गरेको छ । यसअघि सेयर स्वामित्व बाँडफाँड तथा बिक्रीमा लाग्ने कर रकम नतिरेपछि विवादमा परेको एनसेललाई बिजुलीको शुल्क नतिरेपछि बत्तिको लाइन काटिएको छ ।

नेपाल विद्युत प्राधिकरण, लेखनाथ वितरण केन्द्र, कास्कीको विद्युत महशुलवापत १३ करोड ८० लाख ७० हजार ७ सय ४५ रुपैयाँ नतिरेपछि प्राधिकरणले आइतबार बिहान पौने एघार बजेदेखि लाइन काटिदिएको हो । उक्त रकम गत भदौ १६ गते लेखिएको पत्रबमोजिमको बक्यौता हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link