Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

नेपालमा विकासको नयाँ मोडल बारे वृहत छलफल गरिन्छ प्रधानमन्त्री दाहाल

loading views..
Nepal Telcome

गोरखा।  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा विकासको नयाँ मोडलबारे सरोकारवालाहरुलाइ बोलाएर वृहत छलफल गरिने बताउनुभएको छ ।

गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ पालुङटार वडा नम्बर २ स्थित पन्थहिटी-कटहरे-हर्मी-साहिलीटार सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “उत्पादन वृद्धिको कार्ययोजनामा विकास निर्माणलाई जोड्नुपर्दछ, नेपालमा विकासको मोडलबारेमा पुनः विचार गर्नुपर्छ, यसबारेमा छिट्टै नै सरोकारवालाहरुलाई बोलाएर वृहत छलफल गरिन्छ । विकासले रोजगारी सृष्टी गर्ने, उत्पादन वृद्धि गर्ने र गाउँघरमा युवा जनशक्ति पलायन हुनबाट रोक्नुपर्दछ” ।

जनताको सुशासन र सामाजिक न्याय र समृद्धिको आकाँक्षा पुरा गर्न सँघीय सरकारलाई पूणर्ता दिने प्रदेश सरकारलाई पूणर्ता दिने दाहालले बताउनुभयो ।

विकासलाई शिक्षा, स्वास्थ्य र रोजगारी सृष्टी जोडेर योजना बनाउनुपर्ने उनले बताए । बाटो निर्माणले मात्रै विकास नहुने उनले बताए । देशमा युवा पलायन हुन रोक्नका लागि सँकल्प गरेको उनले बताए । गोरखाली दाजुभाइ दिदी वहिनीहरुको सहयोग, सद्भाव र मायाले आफू प्रधानमन्त्री भएको बताउँदै आफूले सकेको देश र जनताको पक्षमा काम गर्ने बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ,पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डे, पालुङटार नगरप्रमुख विवश चिन्तन लगायतले सम्बोधन गरेका थिए।
कार्यक्रम सडक विभागका महानिर्देशक शुसिलबाबु ढकालकाे अध्यक्षता र पूर्वाधार मन्त्रालयका कर्मचारी कल्पना अधिकारीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link