Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

भारतका कारण प्रगतिशिल गठबन्धन टुट्याे : पृथ्बीसुब्बा गुरुङ

loading views..
Nepal Telcome

गाेरखा । नेकपा एमालेका केन्द्रीय उपमहासचिब तथा गण्डकी प्रदेशका पुर्ब मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले भारतका कारण प्रगतिशील गठबन्धन टुटेकाे बताएका छन् ।

बुधबार गाेरखा सदरमुकाममा प्रेस चाैतारी गाेरखाले आयाेजना गरेकाे पत्रकार भेटघाटमा साे कुरा बताएका हुन् ।नेकपा एमाले र माओबादीकाे गठबन्धन प्राकृतिक भएका कारण छिमेकी राष्ट भारतलाई मन नपरेका कारणले नेकपा माओबादीलाई भारतले तर्साएर सत्ता र सहयाेग राेक्ने धम्कीका कारण माओबादी पुस १० गतेकाे सहमतिबाट पछि हटेकाे उनले बताए ।

प्रगतिशिल गठबन्धन देशमा बन्दा भारतकाे चाहाना पूरा नहुने देखे पछि नेपालीले बनाएकाे सरकारलाई भाैगाेलिक राजनितिक शक्तिले देखि नसहेका कारण पनि विभिन्न बहाना बाजीमा याे गठबन्धन टुटाउनु उनिहरुकाे मुख्य काम रहेकाे थियाे । याे गठबन्धन टुट्दा फेरि एकपटक स्वाभिमानकाे शीर झुकेकाे बताउदै बिदेशीकाे ईच्छामा ल्याईकाे एम सिसि , एस पि पि नागरिकता बिधेयक लगाएत सबै सम्झाैता अबरुद्व हुने भएका कारण प्रगतिशील गठबन्धन टुटाउन सबै शक्ति लागि परेकाे ठाेकुवा गरे ।

मुलककाे सुशासन समबृद्वि र स्वाधिनताकाे लागि गठबन्धन बनेकाे थियाे । गठबन्धन बन्ने बितिक्कै भारतले चलखेल गर्न शुरु गरेका थियाे । सुबिधा जनक बहुमत हुदाँ हुँदै प्रचण्ड काङ्ग्रेस संग मत माग्न जानू नै षडयन्त्र गन्ध आईसकेकाे थियाे । पुरानाे गठबन्धन ब्याताउन विभिन्न चलखेलले काम गरेकाे उनले सुनाए । त्यात्राे नेताकाे बीचमा भएकाे सहमति ताेडिनु बाह्य शक्तिकाे प्रभाब थाम्न नसेकेकाे आराेप उनले लगाए । राष्ट्रितिमा सहमति नहुदा पनि सरकार नछाड्ने एमालेकाे सचिबालय बैठकले निर्णय गर्दा पनि प्रधानमन्त्री प्रचण्डले क्याबिनेटबाट हाम्रा मन्त्रीले हटाउन लागि परेकाले पनि सरकार बाट हटेकाे र सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिएकाे गुरुङले बताए । अब नेकपा एमाले सरकार बनाउने र ढाल्ने अभियानमा नलाग्ने बताउदै अबकाे दिनमा पार्टीकाे समस्या र समाधान तर्फ लाग्ने र पार्टीलाई बलियाे बनाउन सबैकाे ध्यान केन्द्रीत गर्ने उनले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link