Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

डाेल्पामा माओवादी केन्द्रकाे संगठन विस्तार तिव्रःराप्रपा केन्द्रीय सदस्य सहित सिङ्गाे पार्टी प्रवेश

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोल्पाका केन्द्रीय सदस्यसहित एक दर्जन नेता, कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।शुक्रबार सदरमुकाम दुनैमा आयोजित जिल्ला समन्वय समितिको चौथो विस्तारित बैठकमा केन्द्रीय सदस्य वीरमलकुमार भण्डारी, पार्टी सचिव भूपेन्द्र शाही, जिल्ला पार्टी सहसचिव हरिप्रसाद रोकाया, जिल्ला पार्टी प्रवक्ता हरिप्रसाद डाँगी, जिल्ला पार्टी सदस्य इन्द्रबहादुर शाही, जिल्ला कमिटी सदस्य धनसरा श्रेष्ठ शाहीसहित राप्रपा परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकाहुन्।

राप्रपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने सबैलाई नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल, कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाही, जिल्ला पार्टी इन्चार्ज रामलाल विकलगायतले स्वागत गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link