पोखरा।लोकगायक कृष्णप्रसाद गौतम,साबिक कालिका गा.बि.स वडा:३ हाल पोखरा महानगरपालिकावडा:२८ काफलघारीमा मिति २०४७-०६-०८ गते पिता स्व०ठाकुरप्रसाद गौतम माता सावित्री गौतमका आठौं सन्तानका रुपमा जन्मिएका थिए।कला र गलाले भरिएका गौतम २०६६ सालबाट औपचारिक रुपमा ‘दोषी आँखा’ उपन्यास प्रकाशन गरेर कलम चलाएका गौतमले २०६७ सालमा ‘पापी धेरै भए’ भजन बाट औपचारिक रुपमा सांगितिक यात्रा सुरु गरेका थिए।बि एड सम्मको अध्ययन गरेका गौतमले पछिल्लो क्रममा गण्डकीको सांगितिक यात्रा फस्टाउदै छन।दिनहु जसो गित देखि सांगितिक कार्यक्रम पनि निरन्तर गरिरहेका छन ।
गौतमले २०७४ साल असार १० गते पोखरा सभागृहमा पहिलो एकल साँझ गरेका थिए भने
२०७९ फागुन २७ गते दोस्रो एकल साँझ भब्य रुपाम सम्पन्न गरिसकेका छन।
बिशेषत भजन गाउन उनको बिषेश रुचि हो।गौतमका सबै भन्दा धेरै भजन गीत बजारमा आएका छन।केही भजनको युटुब भ्युज पनि राम्रो छ।
गौतम राष्ट्रिय संगितकर्मी संघ गण्डकीका अध्यक्ष, पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष ,अलिमिया बाङमय प्रतिष्ठानका सदस्य, कालिका साहित्य सदनका अध्यक्ष , ॐ कारेश्बर शिवालय सेवा समितिका सचिब एवम बुद्धीचाल महासंघ पोखराका सचिब लगायत दर्जनौं संस्थमा आबद्ध छन ।
१५ बर्ष सम्म नभएको म्युजिक अबार्ड गौतमले आयोजना गरेेर निरन्तरता दिएका छन ,सानै उमेरमा दुई पटक एकल साँझ , ११३वटा गीत बजारमा ,५ उपन्यास प्रकाशन , भजन रत्यौली सालैजो लोकगित ,लोकदोहोरी, रोइला हरेक खालका गित गाउन सक्ने गायक कृष्ण प्रसाद गौतम पछिल्लो क्रममा हराउँदै गएको श्रीकृष्ण लिला( बालननाच )प्रबन्धन गर्ने र प्रर्दशन गर्ने तयारीमा छन ।भने करिब ९०० पेजको श्रीमदभागवत त्यो पनि श्लोकमा प्रकाशन गर्दैछन ।
गायक गौतमको केही समयमा नै भारतको राजधानी दिल्लीमा एकल सांझ गर्ने कार्यक्रम तय भइसकेको छ ।