Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

चितवन-२ मा रवि लामिछाने उम्मवारी दर्ता गरे

loading views..
Nepal Telcome
नदीपुर दुध

भरतपुर। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीका नेता कार्यकर्तासहित उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

गत मंसिर ४ गते भएको निर्वाचनमा त्यही क्षेत्रबाट निर्वाचित भएका लामिछानेको नागरिकता सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्दै उनको नागरिकता र सांसद पद खारेज गरेपछि १० बैशाखमा पुनः त्यो क्षेत्रमा निर्वाचन हुँदैछ । त्यसका लागि लामिछानेले पुनः उम्मेदवारी दर्ता गरेका हुन् ।

जिल्लामा चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिनको १ बजे देखि ४ बजेसम्म ठूला दलहरूलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ।

कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बिहान १० बजे, नेपाली कांग्रेसका लागि दिउँसो २ बजे, नेकपा एमालेका लागि दिउँसो ३ बजे र राप्रपाका लागि अपराह्न ४ बजेलाई समय तोकिएको छ।

निर्वाचन अधिकृतको कार्यालयले समय तालिका तोकेसँगै मनोनयनका लागि दलहरूले आआफ्ना तयारी थालेका छन्। यस क्षेत्रको उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्दै छन्।

रास्वपाका केन्द्रीय सभापति लामिछानेले दलले पाएको बिहान १० बजे मनोनय दर्ता गर्ने समयमा निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गरेसँगै तनहुँमा समेत उम्मेदवारको दर्ता कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको निजी सचिव प्रकाश सिग्देलले बताए।

 

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link