Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

ढाका कुमारको सांसद पद चैट

loading views..
Nepal Telcome

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न दुई करोडको डिल गरेको अडियो सार्वजनिक भएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।

उनलाई यस अगाडी रास्वपाको अनुशासन समितिले लिखित र मौखिक बयान समेत लिएको थियो । त्यही बयानका आधारमा अनुशासन समितिले दिएको प्रतिवेदन समेतलाई आधार मानेर रास्वपाको केन्द्रीय समिति बैठकले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो पार्टीको साधारण सदस्य समेत नरहेपछि अब उनको सांसद पद समेत गुमेको छ । उनको पद समेत गुमेपछि उनको स्थानमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि रास्वपाले गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link