Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

अखिल नेपाल महिला संघ क्रान्तिकारी गाेरखाकाे जिल्ला भेला शुरु

loading views..
Nepal Telcome

गाेरखा। नेकपा माओबादी केन्द्र निकट भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समन्वय समिति गाेरखाकाे जिल्ला भेल्ला शुरु भएकाे छ ।

शनिबार गाेरखा सदरमुकामकाे नेकपा माओबादी केन्द्रकाे पार्टी कार्यालय पाटेचाैरमा जिल्ला भरिका महिलाहरुकाे उपस्थितिमा १० ओै भेलामा महिलाहरुकाे व्यापक सहभागिता रहेकाे छ ।भेलालाई सम्बाेधन गर्न अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अमृता थापा मगर , गण्डकी प्रदेशका संयाेजक गीता शाही र जिल्लाका विभिन्न गाउँपालिकाका उप प्रमुख लगाएतका उपस्थिति रहेकाे छ ।

महिलाहरुकाे शशक्तिकरण लगाएत बिषयमा व्यापक छलफल गर्दै अब्बल नेतृत्व चयन गर्ने अखिल नेपाल महिला संघ गाेरखाका अध्यक्ष शाेभा लामिछानेले जानकारी दिईन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link