Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे नियुक्त

loading views..
Nepal Telcome

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता पाण्डे ३५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यसअघि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र नेता पाण्डेले दाबी पेस गगरेका थिए । उनलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात र स्वतन्त्र सांसद (दीपक मनाङे) को समर्थन छ ।नवनियुक्त मुख्यमन्त्री पाण्डेले भोलि शुक्रवार पद तथा गोपनीयताको शपथ लिने जनाइएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link