Skip to content
Pokharapress Logo
२७ आश्विन २०८३, मंगलवार

पदोन्नति बारे केहि कुरा:नारायण अधिकारी

loading views..
Nepal Telcome
नदीपुर दुध

तिनताका जब भीषण वर्ग सँघर्ष(महान जनयुद्ध) चलिरहेको थियो।दैनिक औसत दुई दर्जन भन्दा नेपाली नागरिक `माओवादी आतंककारी´का नाममा प्रतिक्रियावादी राज्यसत्ताबाट मारिएका हुन्थे।मजदुर वर्गको राज्यसत्ता प्राप्तिको स्वार्थ बाहेक नेता/कार्यकर्तामा अन्य कुनै स्वार्थ हुँदैन थियो।क्रान्तिकारीहरुको आँसु त्यतिबेला बग्थ्यो जतिबेला दुश्मनले जनताको असाध्यै होनहार छोराछोरीको निर्मम हत्या गर्दथ्यो।ब्यक्तिगत पद,प्रतिष्ठा,लाभ,ख्याति,सुख,सयल,तलब,भत्ता,मोज,मस्ती प्राप्त गर्न पाइन भनेर कसैले आँसु बगाउँदैन थियो।मैले अघि नै भनें त्यतिबेला आँसु नै आउने अवस्था भनेको मजदुर वर्गले अधिकार गुमाइरहेको बेला,किसानहरुले दुख पाइरहेको बेला ,जनमुक्ति सेनाले युद्ध मोर्चामा पराजित भइरहेको बेला आदि यस्तै यस्तै बेलामा हुन्थ्यो ।अवसरवादीहरु भेट्याउन अति मुस्किल हुन्थ्यो।५/६ वर्ष सम्म जनमुक्ति सेनामा काम गरिसकेका योद्धाहरु भर्खर पार्टी सदस्यता प्राप्त गर्दा पनि कम्ति खुशी हुँदैन थिए।मेरो आफ्नै कुरा गर्दा पनि मैले पार्टी संगठनमा पनि प्रमोसन नहुँदा कहिल्यै चित्त दुखाइन र आँसु झारिन।म पुर्णकालीन कार्यकर्ता भएर काम गरेकै आज २५ वर्ष पुरा भइसकेको छ।माओवादी आन्दोलनमा सहभागीताको कुरा गर्दा मेरो परिवारबाट म दोस्रो पुस्ताको रूपमा सहभागीता हो।मेरो अघिल्लो पुस्ताको कुरा गर्दा मेरो पिताजी श्रीनाथ अधिकारी क.श्यामले माओवादी आन्दोलनमा एउटा झोला बोकेर सहभागी भइ ४४ वर्ष बिताउनु भयो।अन्त्यमा सोही झोला बोकेर दिंवगत हुनुभयो।उहाँ पनि जिवनभर ब्यक्तिगत पद,प्रतिष्ठा,लाभ,ख्याति,सुख,सयल,तलब,भत्ता,मोज,मस्ती प्राप्त गर्न कहिल्यै हुरुक्क हुनु भएन।यस्ता कुरा प्राप्त नहुँदा आँसु पनि झार्नु भएन।मलाई लाग्छ हाम्रो पार्टीका अध्यक्ष मोहन बैध (क. किरण)ले पनि यस्तो कहिल्यै गर्नु भएको छैन।बिश्व सर्वहारा वर्गका महान नेता क.माओ त्सेतुङ्गको यो खालको सोचाइलाई त झन हामी सार्बभौम दर्शन नै मान्दै आएका छौं। प्रतिक्रियावादी राज्यसत्ताले मजदुर वर्ग मारी रहँदा,किसान वर्गलाई वेपत्ता बनाइरहँदा रोल्पा,रुकुम,गोरखा,सिन्धुली र देशैभरीका जनसमुदायहरुले अकल्पनीय दुख पाई रहँदा केहि मान्छेहरुका कुरा कस्ता थिए भने उनताका तीनका आँखाबाट एक थोपा आँसु झरेको हामीले कहिल्यै थाहा पाइएन।क्रान्ति कालको जनसमुदायको दुखमा तीनको कमा र फुलस्टप सम्मको सहानुभूति पनि थिएन।तर आज तीनै मान्छेहरु सबैभन्दा क्रान्तिकारी देखिएका छन्। आजभोलि पार्टीमा पदोन्नति कुरा आउँदा उनीहरुको नाम सबैभन्दा अगाडि आएन भने उनीहरु नै सबैभन्दा बढी आँसु झारिदिन्छन।चर्को स्वरमा कोकोहोलो मच्चाउँछन्।बोल्न त हामी पनि बोलिरहेका छौं तर हाम्रा कुरा कस्तो भएको छ भने हामी बसेर बोल्दा हाम्रा कुरा कसैले सुन्दैन। उठेर बोल्दा हाम्रा कुरा हावाले उडादिएको छ। फेरि पनि सत्य बोल्न चर्को स्वर गरिरहन पर्दैन भन्ने सँधै नै लागिरहन्छ।यहाँ जे भइरहेको छ त्यो कुरा अत्यन्त स्वभाबिक छ किनभने अहिले जताततै प्रतिक्रान्तिको हावाहुरी चलेको छ।प्रतिक्रान्तिको हावाहुरी चलेको बेलामा क्रान्तिकारी पार्टीलाई पनि अवसरवादले कब्जामा लैजान दुस्साहस गर्नु कुनै अनौठो कुरा होइन।आआफ्नो बिचार हो कसैलाई के ठिक लाग्ला कसैलाई के ठिक लाग्ला।तर म आफुलाई भने मोहन बैध (क.किरण) जहाँ उभिन्छन् त्यही ठाउँ सहि छ भन्ने लाग्छ।पार्टीमा पदोन्नतिको मलाई कुनै लोभ छैन।मलाई सिर्फ मोहन बैध (क.किरण)ले नेतृत्व गर्नु भएको पार्टीको सदस्य मात्र हुन पाए पुग्छ।मेरो आफ्नो मूल बिचार यो हो।म सबैलाई यस्तै बिचार राख्न अनुरोध गर्दछु।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link