Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

वायुसेवा निगमको पुनर्संरचनाका लागी पूर्वगर्भनर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति

loading views..
Nepal Telcome
नदीपुर दुध

पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनेको हो । समितिमा ग्यालेक्सी टेलिभिजनका सीईओ टीकाराम राई, क्याप्टेन ओम गुरुङ, चार्टर्ड एकाउन्टेन्ट पियुष आनन्द र शाहार न्यौपाने छन् । अध्ययन समितिलाई दुई महिनाको समय दिइएको छ । जसमध्ये एक महिना बितिसकेको छ । अबको एक महिनामा समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाउनेछ ।

स्रोतका अनुसार अहिले नेपाल एयरलाइन्स घाटामा जानुको कारण, एयरलाइन्सलाई सुधार गर्न के के गर्न सकिन्छ, एयरलाइन्सको सम्पूर्ण पाटो चुस्त दुरुस्त कसरी पार्ने भन्ने सम्बन्धमा अध्ययन केन्द्रित छ ।

विशेष गरी एनएसीले जहाज मर्मतमा ढिलाइ गर्ने गरेको पाइएको छ । एनएसीको अहिले २ वटा ट्विनअटर जहाज छन् । जसमा एउटा ग्राउण्डेड छ । यस्तै ४ वटा वाइड बडी छन् । तिनीहरुले अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link