Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

भारतमा रेल दुर्घटना सयौको ज्यान गयो,सयौ घाइते!

loading views..
Nepal Telcome

पोखरा। भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति यात्रुबाहक रेल दुर्घटना भएको छ। चेन्नाइबाट हाउडाको लागि प्रस्थान गरेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालबाहक गाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।उक्त रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । यस्तै ९ सय जना जति घाइते भएको अनुमान गरिएको एजेन्सीले जनाएको छ ।

दुर्घटना पश्चात् भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुगेका थिए । उनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

यस्तै गम्भीर घाइते भएकाहरूलाई २ लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरूलाई ५० हजार रुपैयाँ प्रदान गर्ने उनले बताएका छन् ।

दुर्घटनामा घाइते भएका १ सय ३२ यात्रीको गोपालपुरको एक अस्पतालमा उपचार भइरहेको छ भने थप ४७ घाइतेलाई बालासोरका मेडिकल कलेजमा भर्ना गरिएको छ। ओडिसाका मुख्य सचिव प्रदीप जेनाको भनाइलाई उद्धृत गर्दै समचार श्रोतहरुले लेखेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link