Skip to content
Pokharapress Logo
३ बैशाख २०८३, बिहीबार

ललिता निवास जग्गा लुटपाटका तीनजना नाइकेहरु आजै छुट्ने सक्ने

loading views..

पोखरा। ललिता निवास जग्गा लुटपाटका तीनजना नाइकेहरुले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका छन् । आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मिनबहादुर गुरुङले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेका हुन् ।

राज्यका निकायले कुनै पनि व्यक्तिलाई गैरकानूनी रुपमा पक्राउ गरे वा थुनामा राखेमा त्यसको कानूनी उपचारका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन दिन सकिने कानुनी व्यवस्था छ । यसै व्यवस्थालाई टेकेर उनीहरु तीनै जनाले र्सोच्चमा रिट दर्ता गराएका हुन् । यस रिटको सुनुवाइ आज हुनेछ । हदम्याद बहानाबाजी बनाएर चोरबाटोबाट उम्कन खोजेका यी सबै खड्ग प्रसाद वलीका निकट मानिन्छन्।माधव कुमार नेपाल प्रधानमन्त्री भएको बखत हालका एमालेका उपाध्यक्ष आफुलाई सुकुम्बासीको नेता भनेर चिनाउने बिष्णु पौडेलको प्रतक्ष्य संलग्नतामा सो किर्ते धन्दामा यी लुटेरा समुहका अपराधिहरुले उल्टै म्याद सकिएको अवस्थामा आफूहरुमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको भनेर बन्दीप्रत्यक्षको निबेदन हालेका हुन्।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्