Skip to content
Pokharapress Logo
२८ असार २०८३, आईतवार

मिटरब्याजीलाई कार्वाही गर्ने ऐन रोक्न संसद अवरुद्ध गरिँदैछ : प्रधानमन्त्री

loading views..
Nepal Telcome

काठमाण्डु। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको बताउनुभएको छ।

बुधबार दिउँसो माओवादी केन्द्रसम्वद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, “मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूचि थियोे। कतिपय दललाई मिटरब्याजीलाई कार्वाही गर्न खोजेको कुरा मन परेको छ। भ्रष्टाचारीलाई कार्वाही गर्ने कुरा मन परेको छैन। यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ।”

“हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचारविरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ” प्रधानमन्त्रीले भन्नुभयो, “विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ। तर अहिले परिस्थिति फेरिएको छ। माओवादी धाराका सबै शक्तिहरू एकतावद्ध हुँदैछौँ। २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ।”

“युवाहरूलाई संगठित गर्ने, प्रशिक्षित गर्ने कुरा महत्त्वपूर्ण कुरा हो” उहाँले भन्नुभयो, “युवाहरूमा विश्वास गरेर हामी नयाँ ढंगले अगाडि बढ्छौँ। तपाईं महिला युवाहरू पनि देशको सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा लाग्नुस्।”

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्युत व्यापार सम्झौता सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ। सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो।”

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link