Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएका छौँ : एमाले

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डु। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गल्ती स्वीकारेको बताउँदै प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताएका छन् ।
सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले सारमा आफूले त्रुटी गरेको बताइसकेपछि भविष्यमा त्यस्तो कमजोरी नदोहोर्‍याउने प्रतिवद्धता गरेकाले एमालेले स्वीकार गरेर अघि बढ्ने बताए ।
उनले प्रधानमन्त्रीले गहिराईमा गएर जवाफ दिन नसकेको बताए । ‘उहाँले मैले बोल्ने कुरामा त्रुटी गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नु भयो, भविष्यमा यस्ता कमजोरी नदोहोर्‍याउने भन्नु भएको छ,’ उनले भने, ‘यसलाई हामी स्वीकार गर्छौं, उहाँले गहिराइबाट जवाफ दिन सक्नुभएको छैन ।’
प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएको बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link