Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजय गच्छदार लगायत चार पुर्ब मन्त्री बिरुद्ध पक्राउ पूर्जी जारी

loading views..
Nepal Telcome

साउन २२, पोखरा। भ्रष्टचार गरेर कलङ्कित बनेका मण्डले स्वभाबका हाल कांग्रेसका नेता रहेका ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका विजयकुमार गच्छदार लगायत चार पूर्व मन्त्रीविरुद्ध सीआईबीले पक्राउ पुर्जी जारी गरेको छ।जसमा पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजय गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निर्णय कर्ता समेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link