Skip to content
Pokharapress Logo
२७ असार २०८३, शनिबार

कार्यकर्तालाई ईटक‍ो जवाफ पत्थरले दिन प्रचण्डको उर्दी

loading views..
Nepal Telcome

बिराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । मोर्चाले सोमबार विराटनगरको गरेको सन्देश सभामा ‘प्रचण्ड’ले गणतन्त्र ल्याउनेहरू रक्षात्मक र गाली गरेको भरमा आएकाहरू पार्टी हुने जस्तो विडम्बना देखिएको बताए ।

सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’ यस्ता प्रचार गर्नेहरू चाहिँ राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरू रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले अघि भने, ‘नाम त के लिनु र मैले । निरङ्कुशताका दलालहरू‘, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’

उनीहरूमध्येकै एकले नेपाली काँग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरूको मनोबल कस्तो रहेछ, तपाईँ हामी चाहिँ बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्‍यो ।’ भोलि सूदुपश्चिममा कार्यक्रम गरेसँगै सन्देश सभा सकिने भन्दै उनले लगत्तै बैठक बसेर सडकमा जाने कार्यक्रम बनाउने बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link