Skip to content
Pokharapress Logo
२ पुष २०८२, बुधबार

जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा परेकाहरूको उद्धारकार्य करिब समाप्त दर्जनौको मृत्यु

loading views..

पोखरा। जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा परेकाहरूको उद्धारकार्य करिब सकिएको प्रहरीले जनाएको छ।कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईका अनुसार भूकम्पमा परेका मानिसहरूको उद्धारकार्य अपराह्नसम्म करिब सकिएको हो।

‘अब थोरै घरहरू मात्रै बाँकी छन्, उद्धारकार्य करिब सकिएको छ’ उनले भने।उनका अनुसार मृत्यु हुनेको संख्या दुबै जिल्लामा गरी १३८ पुगेको छ।जाजरकोटमा मात्रै १०० जनाको मृत्यु भएको र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको उनले बताएका छन्।अहिलेसम्म मृत्यु भएका ३८ जनाको सनाखत भइसकेको छ ।
दुबै जिल्लामा गम्भीर र सामान्य गरी कम्तिमा डेढ सय जना घाइते भएका छन्। तीमध्ये ३० देखि ३५ जना गम्भीर घाइते छन्। गम्भीर घाइतेमध्ये २७ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। अन्यको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्