Skip to content
Pokharapress Logo
४ बैशाख २०८३, शुक्रबार

राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा रबि पुगे ओली निबास

loading views..

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक बस्नै लाग्दा ओलीसँग वार्ता गर्न लामिछाने बालकोट पुगेका हुन्। एमालेका अन्य नेताहरू भने सचिवालय बैठकका लागि च्यासलमा भेला भइरहेका छन्। एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सत्ता गठबन्धनसँग पनि वार्ता गरिरहेको छ। एमालेले आफूलाई ६ सिट चाहिने बताएको छ। आगामी फागुनदेखि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित एमालेका ८ जना राष्ट्रियसभाका सदस्य बिदा हुँदैछन्। यद्यपि माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा रास्वपाले भाग लिन पाउने छैन। स्थानीय तह र प्रदेश सभामा रास्वापका कुनै पनि जनप्रतिनिधि नभएकाले रास्वपासँग राष्ट्रियसभाका लागि मताधिकार नभएको हो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्