Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

रौतहट पुगेर माधब कुमार नेपाल विरुद्ध खनिए ओली

loading views..
Nepal Telcome

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रभु साहको आलोचना गरेका छन् । चुनावको बेलामा प्रभु साहले एमालेलाई गम्भीर धोका दिएको उनको टिप्पणी छ । उनले भने,‘प्रभु साहको पछि लागेर कुन वैतरणी पार होला? मौलापुर? अर्कोपल्ट जमानत जोगिए धन्यवाद छ, जोगिँदैन जमानत!’
आज (बिहीबार) रौतहट एमालेको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले माधव नेपाल र प्रभु साहले धोका दिएको भन्दै आलोचना गरेका हुन् । सो क्रममा उनले नेपाल र प्रभु साहसँग भ्रमवश गएकाहरूलाई फिर्ता आउन अपिलसमेत गरे । उनले माधव नेपाल प्रतिक्रियावादीको पछि लागेर हिँडेको र अहिले भड्खालोमा परेको आरोप लगाए ।
सम्बोधनको क्रममा उनले भने,‘अहिलेको सरकारले देशलाई सर्वत्र अस्तव्यस्त बनाएको छ। जनतालाई कुनै पनि राम्रो, नयाँ काम गरेको छैन। हामीले थालेका विकास–निर्माण र आयोजना अलपत्र बनाएको छ। माधवकुमार नेपाल यतातिर आएर के भन्छन्, हिजोका दिन मैले यसो अनलाइन हेरेको, केपी ओलीसँग बोलचाल बन्द, माधवकुमार नेपालसँग बोलाचाल नहुँदा हाम्रो के बिग्रिन्छ र हँ? माधव नेपाललाई म सुझाव दिन्छु, रौतहटका जनतासँग पनि बोली बोलाचाल बन्द गरे हुन्छ। अनि के म बोलचाल गरिपाऊँ भनेर निवदेन हाल्न गएको छु? उहाँका बारेमा केही टिप्पणी गर्नुछैन। कहिलेकाहीँ बढ्ता जान्ने भएर, अहंकारले उफ्रिँदा भड्खालामा जाकिन्छ, कसरी जाकिन्छ भने माधवकुमार नेपाललाई हेरे पुग्छ!’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link